logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागरले लिए ३ विकेट

    आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागरले लिए ३ विकेट

    1.2K
    Shares
    आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागरले लिए ३ विकेट

    काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का सागर ढकालले ३ विकेट लिएका छन् ।टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए का जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन् ।

    ओपनर रस अदिर १७ रन बनाएर आउट भए । उनले २० बलमा १ चौका र १ छक्का हिर्काए ।

    सागरले पहिलो विकेट ३।५ औं ओभरमा जेम्स म्याकुलमको लिए र त्यस्तै ६।२ औं ओभरमा रस आदिरलाई आउट गरे । तेस्रो विकेटका रुपमा उनले ८।१ औं ओभरमा स्टिफन डोहेनीलाई आउट गरेका छन् ।

    त्यस्तै ८।३ औं घरमा पिटर मुर पनि सागर ढकालकै बलमा रनआउट भएका छन् । सागरले ३ ओभर बलिङ गर्दा १५ रन खर्चेर ३ विकेट लिएका छन् ।

    टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ७ ओभरमा २ विकेटको क्षतिमा ५५ रन बनाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ए ले नवौं ओभरको खेल सकिँदा ४ विकेट गुमार ६८ रन बनाएको छ । यसअघि शुक्रबार भएको अभ्यास खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend