
काठमाडौं : कोभिड-१९ कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले स्थापना गरेको केन्द्रीय कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ६ जनाले एक महिनाको पारिश्रमिक दिने भएका छन्। त्यस्तै उक्त कोषमा तीन जनाले भने आधा रकम जम्मा गरिने बताइएको छ।
मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव( इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक बराबर दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस्तै विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको पारिश्रमिक बराबर दिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend