मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कोरोना कोषमा प्रतिनिधि सभा सदस्य डा सुर्य पाठकले एक महिनाको तलब दिने घोषणा

कोरोना कोषमा प्रतिनिधि सभा सदस्य डा सुर्य पाठकले एक महिनाको तलब दिने घोषणा

चैत्र १० काठमाडौँ : कोभिड-१९ कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले स्थापना गरेको केन्द्रीय कोषमा प्रतिनिधि सभा सदस्य डा सुर्य पाठकले एक महिनाको तलव दिने घोषणा गरेका छन्।

बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले चैत्र ९ गतेको मन्त्री परिषद बैठकको निर्णयलाई स्वागत गर्दै आफ्नो एक महिनाको तलव दिने घोषणा गरेका हुन्।

९ गतेको मन्त्री परिषद बैठकमा सबै मन्त्रीहरुले १/१ महिनाको पारिश्रमिक दिने निर्णय गर्दै अन्य कोही सहयोगीहरुले सहयोग गर्न चाहेमा पनि रकम जम्मा गर्न सकिने निर्णय गरीएको थियो।

कोभिड-१९ कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले स्थापना गरेको कोषमा जम्मा रकम कोरोना संक्रमितको उपचार, संरचना तयार लगायतमा खर्च गरिने छ ।

मन्त्री परिषद बैठकको निर्णय अनुसार कोषमा अहिले बिभिन्न ब्याक्तिहरुले आफ्नो इच्छा अनुसारको रकम सहयोग गर्ने क्रम बढ्न थालेको छ । आज मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ६ जनाले एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन् भने अन्य तीन जनाले भने आधा महिनाको तलव जम्मा गर्ने बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend