logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिङ्हदरबार अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ

    रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिङ्हदरबार अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ

    1.7K
    Shares
    रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिङ्हदरबार अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ

    काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिङ्हदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिङ्हदरबार अगाडि प्रदर्शन गर्ने १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने, “सिङ्हदरबार अगाडि प्रदर्शन गर्ने दश जना पूरुष तथा पाँच जना महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी बृत सिङ्हदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाहरुको खोजी एवं अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले सिङ्हदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend