सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भरतपुरमा कोरोना विशेष अस्पतालमा एक बिरामीको मृत्यु,कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी

भरतपुरमा कोरोना विशेष अस्पतालमा एक बिरामीको मृत्यु,कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी

११ चैत, चितवन । कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएका एक युवकको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा भोजराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए ।

उनी किड्नीका रोगी  रहेको र किड्नीमा लाग्ने रोग लुपस भएका उनलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पतालमा राखिएको थियो।

कोरोनाको आशंका गरीए पनि कोरोना संक्रमण भएनभएको रिपोर्ट भने आउन बाँकी छ ।

उनको नमुना सोमबार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको  डा अधिकारीले जनाए   ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend