logo

२०८१ माघ २६ शनिबार

logo
  • शनिबार, २६ माघ २०८१
  • युक्रेनदेखि ११ सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

    युक्रेनदेखि ११ सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

    917
    Shares
    युक्रेनदेखि  ११ सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

    मस्को एएफपी । युक्रेनबाट १ हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ ।

    तातारका नेता रुस्तम मिन्निखानोभको संचार शाखाले टेलिग्रामलाई दिएको जानकारीअनुसार ‘तातारस्तानमा येलाबुगा र निज्नेकम्स्कस्थित कारखानामा ड्रोन आक्रमण भएको’ हो ।

    विज्ञप्तिमा भनिएको छ,“आक्रमणबाट गम्भीर क्षति भएको छैन र कारखानाको काम प्रभावित भएको छैन तर येलाबुगामा मानिसहरू घाइते भएका छन् ।

    रूसको विशेष आर्थिक क्षेत्र मानिने येलाबुगा नजिकै रासायनिक र मेकानिकल ईन्जिनियरिङ र धातुजन्य सामान उत्पादन गर्ने कारखानाहरू छन् भने निज्नेकम्स्कमा पेट्रोल उत्पादन गर्ने कारखाना रहेको छ ।

    अलाबुगा विशेष आर्थिक क्षेत्रमा एउटा घरमा दुईवटा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको स्थानीय प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend