शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

लकडाउनलाई उल्लंघन गरेर राजमार्गमा मोटरसाइकल हुईकाउने बीस जनाको चाबी प्रहरीले खोस्यो

लकडाउनलाई उल्लंघन गरेर राजमार्गमा मोटरसाइकल हुईकाउने बीस जनाको चाबी प्रहरीले खोस्यो

 चैत्र ११ गजुरी    : कोभिड १९ को महामारी रोक्न  सरकारले गरेको लकडाउनलाई उल्लंघन गरेर राजमार्गमा मोटरसाइकल चलाउनेको चाबी प्रहरीले खोसेको छ।

सरकारले लकडाउन गरेर घरबाहिर ननिस्कन  भन्दा भन्दै पृथ्वी राजमार्गमा मोटरसाइकल चलाउँदै हिँडेका २० जनाको  चाबी प्रहरीले  नियन्त्रणमा लिएको छ ।

नियम नमान्नेको चाबी नियन्त्रिणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख इन्स्पेक्टर नेत्र प्रसाद भट्टले सुनौलो नेपाललाई जानकारी दिए ।

लकडाउनका बेला पनि रमिता देखाउँदै र रमिते बन्दै हिँडेका सवारी धनीको मात्र चाबी प्रहरीले नियन्त्रणमा लिएको हो । थाहा नपाएकालाई भने  सम्झाइबुझाइ पठाएको र बिरामी वा अन्य आवश्यक कारण देखाएका   र ‘स्वास्थ्यकर्मीलाई आउजाउ गर्न दिएको उनले बताए   ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend