logo

२०८१ मंसिर २२ शनिबार

logo
  • शनिबार, २२ मंसिर २०८१
  • केन्द्रिय गठबन्धनमा आवद्ध दलहरुकै नेतृत्वमा प्रदेश सरकार बन्नु अनिवार्य छ : सांसद गैरे

    केन्द्रिय गठबन्धनमा आवद्ध दलहरुकै नेतृत्वमा प्रदेश सरकार बन्नु अनिवार्य छ : सांसद गैरे

    938
    Shares
    केन्द्रिय गठबन्धनमा आवद्ध दलहरुकै नेतृत्वमा प्रदेश सरकार बन्नु अनिवार्य छ : सांसद गैरे

    काठमाडौँ । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रदेश सरकार केन्द्रिय सत्तारुढ गठबन्धनमा रहेका दलहरुको नेतृत्वमा बन्नु अनिवार्य भएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गैरेले केन्द्रिय सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुकै नेतृत्वमा प्रदेश सरकार बन्नु अनिवार्य भएको बताएका हुन ।

    उनले संघीय सरकारको न्युनतम साझा कार्यक्रम लागू गर्न र सरकारलाई सफल बनाउनका लागि प्रदेश सरकारहरुको पनि महत्व भएको बताए। उनले शिर्ष नेताहरुका बीचमा भएको सहमतिका आधारमा प्रदेश सरकारहरु बन्ने बताए ।

    उनले भने – ‘संघीय सरकारले निर्माण गरेको न्युनतम साझा कार्यक्रम लागू गर्नको लागि र दलहरुको बीचमा भएको सहमतीको स्प्रिटमा सरकारलाई सफल बनाउनको लागि प्रदेश सरकारहरुको उत्तिकै महत्व छ ।

    संघीय सरकार र प्रदेश सरकारमा बनेका योजना, कार्यक्रम र नीति अनुसार स्थानीय सरकारहरुलाई आवश्यक रुपमा बजेट दिने, बनेका योजनाहरुलाई कार्यान्वयन गर्ने यो कुरामा सफलता ल्याउनका लागि पनि एकरुपता हुन आवश्यक छ । त्यसकारणले सबै प्रदेशमा सत्ता सहकार्य गरेका दलहरुको नेतृत्वको सरकार बन्ने कुरा अनिवार्य छ ।

    दलका शिर्ष नेताहरुका बिचमा भएको सहमती र त्यो सहमतीको स्प्रिटमा तलका कामहरु त्यही अनुसारले हुन्छन् । अहिले असमजस्यता त देखिएको छ । त्यसको नेताहरु बसेर थप समाधान सहित प्रस्तुत हुनुपर्छ र त्यो हुनेछ भन्ने मैले विश्वास राखेको छु ।’सांसद गैरेले प्रदेश सरकार गठनका क्रममा देखिएका असमजस्यताहरुको हल हुँदै जाने विश्वास व्यक्त गरे।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend