logo

२०८१ असोज २ बुधबार

logo
  • बुधबार, २ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङदेन

    राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङदेन

    630
    Shares
    राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् । सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    मंगलवार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गरे । उनले नयाँ सत्ता समिकरण बन्नसाथ आफूहरुले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराए ।

    अध्यक्ष लिङदेनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कुनैपनि प्रकारको गठबन्धनमा समावेश हुँदैन । र त्यस प्रकारको कुनै पनि सोच बनाएको छैन । हामीले यो पछिल्लो सत्ता समिकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन । देशभरबाट आउने हाम्रा शुभेच्छुकहरुको क्रम चलिराखेको छ ।

    चैत्र २७ गते काठमाडौं ढाक्नेगरी जनसहभागिता हुन्छ । त्यसको तयारी अन्तिम चरणमा छ । अहिले देशको जुन वर्तमान अवस्था छ । त्यो अवस्था आउनुमा अहिलेको नेतृत्वको जिम्मेवार छ नै । तर त्यो नेतृत्व मात्रै होइन, नेतृत्वले ल्याएको व्यवस्था पनि जगमा कारक छ । त्यसकारणले अहिलेको अवस्थामा परिवर्तन गर्नका लागि अहिलेको व्यवस्थानै परिवर्तन गर्न जरुरी छ ।

    अहिलेको विकृत व्यवस्थालाई हामीले परिवर्तन नगरेसम्म सामान्य सुधारले मात्रै देश अगाडि बढन सक्दैन भनेर हामीले जनताको हामीले अहिलको देश र जनताको अवस्थाको परिवर्तनका लागि व्यवस्था परिवर्तन गर्न आन्दोलन अघि बढाएका छौं । हाम्रो २७ गतेको आन्दोलन शान्तिपूर्ण हुन्छ, अहिंसात्मक हुन्छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङदेनले सो प्रर्दशनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend