logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा माओवादी नेता खाम नियन्त्रणमा

    व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा माओवादी नेता खाम नियन्त्रणमा

    1.6K
    Shares
    व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा माओवादी नेता खाम नियन्त्रणमा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले उनलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नेता खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

    उनका अनुसार व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा नेता खामलाई पक्राउ गरिएको हो । तत्कालीन माओवादी सैन्य कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।

    सोही घटनाको विषयमा यसअघि पक्राउ परेका तत्कालीन माओवादीका सैन्य सहायक कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भइसकेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend