logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विश्वको १७६४ औं धनी विनोद चौधरीको सम्पत्ति कति ?

    विश्वको १७६४ औं धनी विनोद चौधरीको सम्पत्ति कति ?

    1.5K
    Shares
    विश्वको १७६४ औं धनी विनोद चौधरीको सम्पत्ति कति ?

    काठमाडौं । विश्वको धनीहरुको सूचीमा रहेका नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलर छ ।

    फोब्र्सको सर्वाधिक धनीको सूचीमा ६८ वर्षिय चौधरी विश्वको १७ सय ६४ औं स्थानमा छन् । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति भने स्थिर रहेको छ । फोब्र्सका अनुसार गत वर्ष सन् २०२३ मा उनको कूल सम्पत्ति १ अर्ब ८० करोड डलर थियो । गत वर्ष चौधरी विश्वको १ हजार ६ सय ४७ औं धनी थिए । यो वर्ष सूचीमा पछि धकेलिएका छन् ।

    नेपाली कांग्रेसका सांसदसमेत रहेका चौधरीको सम्पत्ति १ खर्ब ८० अर्ब अमेरिकी डलर (१ डलरबराबर १ सय ३३.८० रुपैयाँ) मान्दा उनको कूल सम्पत्ति २ खर्ब ४१ अर्ब रुपैयाँ) हुन आउँछ । यतिका धनी भइकन चौधरी नेपालमा सबैभन्दा बढी आयकर बुझाउने व्यक्तिको सूचीमा छैनन् ।

    जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष तथा मदिरा व्यवसायी राजबहादुर शाह लगातर तीन वर्षदेखि नेपालमा सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिको सूचीमा छन् । शाह फोब्र्सको धनीको सूचीमा परेका छैनन् ।

    सन् २०२२ मा चौधरीको कूल सम्पत्ति १ अर्ब ५० करोड डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति ३० करोड डलर (३९ अर्ब ६० करोड रुपैयाँ) बढेको थियो ।

    चौधरीको सम्पत्ति २०२१ म १ अर्ब ४० करोड डलर थियो ।२०१९ मा उनको सम्पत्ति १ अर्ब ७० करोड डलरसम्म पुगेको थियो ।
    सन् २०१४ मा चौधरी पहिलो फोब्र्सले विश्वको धनी व्यक्तिको सूचीमा राखेको हो । त्यसबेला उनको कूल सम्पत्ति १ अर्ब १० करोड डलरमात्र थियो ।

    फोब्र्सका अनुसार चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् । उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंक र वाइवाइ चाउचाउ निर्माता सिजी फुड्स हो । वाइवाइका कारखाना भारत, सर्बिया र बंगलादेशमा छन् ।

    अफ्रिकाको इजिप्टमा पनि वाइवाइ उत्पादन गर्न नयाँ प्लान्ट निर्माण भइरहेको छ। सिजीको विश्वभरि १ सय ४३ वटा होटल स्वामित्वमा छन् । जसमा भारतको ताज होटल चेनको साथमा अन्य लक्जरी होटल छन् ।

    नेपालमा रहेका उनका छोरा निर्वाण र विदेश बस्ने राहुल र वरुणले उनलाई सिजी कर्प ग्लोबलको बिजनेस चलाउन मद्दत गर्छन् । निर्वाण र राहुल समूहका प्रबन्ध निर्देशक हुन् ।

    चौधरीले नेपालमा मेघौली सेराइ, सिजी फुड्स, मध्यमोदी जलविद्युत आयोजना, पाल्पा सिमेन्ट र सम्राट सिमेन्टमा ठूलो लगानी गरेका छन् । यस्तै भिभान्ता काठमाडौं, भिभान्ता चितवनमा तारेस्तरका होटल सञ्चालनमा छन् ।

    चौधरीले नेपालमा टेलिकम बिजनेस सञ्चालनका लागि तयारी गरिरहेका छन् । तर, नियामक नेपाल दुरसञ्चार प्राधिकरणले उनलाई टेलिकम सेवा सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) दिएको छैन् ।

    फोब्र्सका अनुसार गत वर्ष झैं यो वर्ष पनि फ्रान्सका बर्नाड अर्नल्ट एन्ड परिवार विश्वको सबैभन्दा धनीको सूचीमा परेको छ । ७५ वर्षिय बर्नाड र उनको परिवारको गरी कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर पुगेको छ ।

    बर्नाडको एलभिएमएचको लुइस भिटन र सेफोरा चर्चित फेसन र कस्मेटिक उत्पादन छन् । दोस्रो स्थानमा अमेरिकाका ५२ वर्षीय इलन मस्क छन् मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर छ। मस्कको टेस्ला विद्युतीय गाडी र स्पेश एक्सका साथै ट्वीटर इंक छन् ।

    भारतका मुकेश अम्बानी नवौं स्थानमा छन् । ६६ वर्षी अम्बानीको कूल सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ । उनी भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कार्यकारी अध्यक्ष हुन् । गत वर्ष पनि उनी नवौं स्थानमा थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend