मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रधानमन्त्रीको अपिल : म घरबाटै सरकार चलाइरहेको छु, तपाईंहरु पनि घरमैं बस्नुहोस

प्रधानमन्त्रीको अपिल : म घरबाटै सरकार चलाइरहेको छु, तपाईंहरु पनि घरमैं बस्नुहोस

सुनौलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा आफुले घरमै बसेर सरकार संचालन गरेको र अरुलाई नि घरमै बस्न आह्वान गर्नुभएको छ।

मंगलबारबाट सुरु भएको देशव्यापी लकडाउनका बेला सबैलाई घरमै बस्न र आवश्यक कामकारवाही पनि घरबाटै गर्न आग्रह गर्नुभएको हो ।

‘म पनि घरमैं बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईंहरु पनि घरमैं बस्नुहोस्,’ प्रधानमन्त्री ओलीले बुधबार ट्विटमार्फत् सबैलाई आह्वान गरेका छन्।
अर्को घोषणा नभएसम्म घरमैं बस्न प्रधानमन्त्रीले आह्वान गर्नुभएको हो ।

सरकारले कोरोना संक्रमण रोक्नका लागि मंगलबारदेखि एक हप्ता लामो देशभर लकडाउन लागु गरेको छ।  यो अवधिमा अत्यावश्यक कामका लागिबाहेक घरबाट बाहिर निस्कन रोक लगाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend