मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेपालमा कोरोना नियन्त्रणका लागी भारतले सशस्त्र बल चिकित्सा सेवाको टोली पठाउन तयार

नेपालमा कोरोना नियन्त्रणका लागी भारतले सशस्त्र बल चिकित्सा सेवाको टोली पठाउन तयार

१५ चैत, काठमाडौं ।कोरोना सक्रमितहरु नेपालमा भेटिन थालेपछि भारतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ ।
भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ ।’

छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने उनले उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरे । तर अहिले नेपाललाई आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको बताउदै स्वास्थ्य सामग्रीमा जोड दिन आग्रह गर्ने उनले बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend