
बिकास रौनियार (धादिङ)- शुक्रबार राति १० बजे ईलाका प्रहरी कार्यालय गजुरीको सुरक्षाकर्मीहरु को टोलीले चेकजाँच गर्ने क्रममा ९ ओटा मालवाहक ट्रकहरूलाई समातिएको छ |
काठमाडौं बाट बिरगंज तर्फ जाँदै गरेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा ट्रक चालकले ट्रक भित्रै त्रिपालले छोपेर कम्तीमा २०० जना यात्रुहरु ओसारि रहेका क्रममा समातिएका छन् समातिएका यात्रुहरु र ट्रक लाई काठमाडौं तर्फ फर्काइएको छ|
लकडाउनका कारण सवारी साधन ठप्प छ। पैदल हिड्नसमेत कडाइ गरिएको छ। तर मौकाको फाइदा उठाउँदै ट्रक चालकले रातिको समयमा सुरक्षाकर्मीको आखाँ छलेर चर्को भाडामा यात्रुहरु ओसारिरहेका छन्।
सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि प्रति व्यक्ति ५०० भाडा दर उठाउने गरेको यात्रुहरुको भनाई रहेको छ लकडाउनको मौका छोपी चर्को भाडा असुलेर सर्वसाधारण यात्रु ओसारेका हुन्।यात्रु भन्छन् खाना खान नपाएर काठमाडौं छोड्न बाध्य भएर हिडेको हो घर |
अन्य सवारीसाधन ठप्प भएपछि शुक्रबार राति पृथ्वी राजमार्ग सडकमा १०० भन्दा बढी मालवाहक ट्रक आवत-जावत गरेको सुरक्षाकर्मी बताउँछन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend