
सुनौलो नेपाल – पछिल्लो समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल माथी भएका टिका टिप्पणी गर्नेहरुलाई पर्यटन मन्त्री योगेश भट्टराईले गिरोहको संज्ञा दिएका छन्।
कोरोना भाइरस अर्थात कोभिड १९ को बारेमा भन्दै ११ बुँदा सार्वजनिक गरेका भट्टराईले १० औ नम्बरको बुंदामा भनेका छन्। कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्दछ । हामी सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध छौ ।
मन्त्री भट्टराईले भनेका छन् प्रधानमन्त्रीज्यूको प्रतक्ष निर्देशनमा उपप्रधान मन्त्री माननीय ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको छ । स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको अवस्था भएको समेत उल्लेख गरेका छन् ।
यस्तो छ कोभिड १९ का बारेमा मन्त्री योगेश भट्टराईको धारणा
१. यो विश्वकै लागि अस्वभाबिक र अप्रत्यासित थियो र नेपालका लागि पनि ।
२. स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको छ ।
३. एउटा बिकाशोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था हो ।
४. सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतक्ष निर्देशनमा उपप्रधान मन्त्री माननीय ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको छ ।
५. परिस्थिती अत्यन्तै जटील रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्ती/ कमजोरी हुनसक्ने अवस्थालाई नकार्न सकिदैन । त्यसलाई आत्मासत गर्दै सच्याउदै अघि बढ्न हामी सबै प्रतिबद्ध छौ ।
६. हाम्रो ईतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होईन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । हामी ठिक यहि बाटोमा छौ ।
७. यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोशिस गरेको देखिन्छ । त्यसलाई कामबाटै जवाफ दीइने छ । जनस्तरबाटै त्यसको भण्डाफोर हुनेनै छ ।
८. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफुलाई जोखिममा राखेर पनि अहोरात्र खटीरहनु भएको छ । वहाँहरु सबैको प्रशंसा गर्दछु । वहाँहरुको थप हौसलाका लागि सरकारले बिभिन्न प्याकेज घोषणा गरेको छ । धमिलो पानीमा जाल थाप्नेहरु उनीहरुलाई भड्काउन कोशिस गर्दैछन् । सबै होसियार हुनु पर्दछ । आफ्नो जिम्मेवारी छोड्नु हुँदैन ।
९. उपकरण तथा औषधीको आपुर्ती र बितरणमा स्वास्थ्य मन्त्रीज्युको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापुर्बक काम गरिरहेको अवस्था छ । अब यसमा छिट्टै सहजता आउने छ ।
१०. कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्दछ । हामी सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध छौ ।
११. आज सिगो राष्ट्र र मानवजाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend