आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

धनगढीमा भेटिएका संक्रमित युवक भारत हुदै काठमाडौँ आएर यसरी पुगेका थिए घरसम्म

धनगढीमा भेटिएका संक्रमित युवक भारत हुदै काठमाडौँ आएर यसरी पुगेका थिए घरसम्म

काठमाडौं, १५ हिजो मात्र धनगढीमा भेटिएका संक्रमित युवक ७ चैत्रमा दुबईबाट इमिरेट्सको फ्लाइट नम्बर इके ५१० बाट नयाँ दिल्लीमा ओर्लिएर त्यहाँबाट ट्रान्जिटमा एयर भिस्तराको युके १५५ विमानबाट काठमाडौंमा ओर्लिएका खुलेको छ ।

काठमाडौँ झरेपछि उनी एकरात काठमाडौंमा बसेर ८ चैत्रमा बुद्ध एयरको फ्लाइट नम्बर यु ४ ४०३ बाट नेपालगञ्ज पुगेका थिए । त्याँबाट सार्वजनिक यातायातमा धनगढी पुगेका थिए । धनगढी जाने विमानको टिकट नपाएपछि उनी नेपालगञ्जसम्म प्लेनमा र त्यसपछि बसबाट घर पुगेका थिए ।

युवक वैदेशिक रोजगारीबाट फर्किएको हुन् । उनी ११ चैत्रमा अस्पताल भर्ना भएपछि उनको स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो । परीक्षणका क्रममा १४ चैत्रको साँझ आएको रिपोर्टमा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका छन् । संक्रमित ३४ वर्षका छन् । उनको परिवारमा आमाबाबु, दाजु भाउजु, भतिजी, पत्नी र छोरीसहित चारजना छन् । उनीहरुलाई पनि चिकित्सकको निगरानीमा राखिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend