सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

काठमाडौँ बाहीर फेरी भेटियो अर्की युवतीमा संक्रमण

काठमाडौँ बाहीर फेरी भेटियो अर्की युवतीमा संक्रमण

सुनौलो नेपाल – काठमाडौं बाहिर फेरि एउटा कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ ।

बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

ति संक्रमित युवती काठमाडौँमा भेटिएकी दोश्रो युवतीसंगै चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी २१ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

ति युवती अहिलेसम पनि घरमै छन्। यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend