सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कोरोना महामारीको चिन्ताले जर्मनीका मन्त्रीले आत्महत्या गरे

कोरोना महामारीको चिन्ताले जर्मनीका मन्त्रीले आत्महत्या गरे

जर्मनी : कोरोना भाइरसको महामारीबाट उत्पन्न आर्थिक संकटका कारण जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् ।

जर्मनीको हेसे राज्यका अर्थमनत्री थोमस स्याफरले शनिबार आत्महत्या गरेका हुन् । स्थानीय मिडियाका अनुसार कोरोना महामारीबाट उत्पन्न अवस्थाप्रति उनी केही दिनदेखि नै चिन्तित थिए ।
कोरोनाबाट अति प्रभावित देशमध्ये जर्मनी पनि एक हो । अन्तर्राष्ट्रिय मिडियाले जनाए अनुसार उनको शव रेलको लिकमा भेटिएको थियो ।

उनले रेलको लिकमै गएर आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । फ्र्यांकफर्ट र मान्जबीच पर्ने होचेमको रेलको लिकमा उनको शव भेटिएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार उनले सुसाइट नोट समेत लेखेका थिए ।

१० वर्षदेखि अर्थमन्त्रीको भुमिका रहेका उनी जर्मन चान्सलर एन्जेला मर्केलको पार्टीमा आवद्ध थिए । कोरोना भाइरसका कारण जर्मनीमा ५८ हजार २ सय ४७ संक्रमित हुनुका साथै ५ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend