सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

काठमाडौँमा कोरोना आशंका गरीएका तीन जनाको एकै दिन ज्यान गयो

काठमाडौँमा कोरोना आशंका गरीएका तीन जनाको एकै दिन ज्यान गयो

१७ चैत, काठमाडौं । कोरोना संक्रमणको आशंकामा बीर अस्पातालमा भर्ना भएका दुई र पाटन अस्पतालमा एक गरी सोमबार मात्रै काठमाडौँमा कोरोना आशंका गरीएका तीन जनाको ज्यान गएको छ।

मृतक तीनै जना कोरोना संक्रमणको आशंकामा वीर अस्पताल र पाटन अस्पातल पुगेका थिए । बीर अस्पतालमा मृत्यु हुने भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष हुन भने अर्की चन्द्रागीरी नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला हुन त्यस्तै पाटन अस्पतालमा मृत्यु भएका धादिङका ३६ बर्षीय युवक रहेको पुष्टि भएको छ ।

मृत्यु हुने महिला निमोनियाको समस्या देखिए पछि आइतबार साँझ अस्पताल भर्ना भएकी थिइन उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको थियो । त्यसैगरी ज्वरो आएपछि अस्पताल आएका अर्का पुरुषको फेरी सोमबार दिउँसो मृत्यु भएको बीर अस्पताल स्रोतले जानकारी दिएको छ ।

त्यस्तै नै सोमबार पाटन अस्पतालमा मृत्यु भएका पुरुष भारतीय सेनामा कार्यरत भएको र उनी चैत १४ गते भारतबाट नेपाल फर्किएको बुझिएको छ । नेपाल फर्किएपछि बिरामी भएका उनलाई उच्च ज्वरो आएपछि उपचारका लागि आइतवार दिउँसो पाटन अस्पतालमा भर्ना गरिएको थियो भने उनले पनि सोमबार नै मृत्यु भएको थियो ।

मृतक तीनै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर, रिपोर्ट आएको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend