शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

कोरोना आशंकामा अस्पताल भर्ना भएर सोमबार मृत्यु भएका तीनै जनाको रिपोर्ट नेगेटिभ

कोरोना आशंकामा अस्पताल भर्ना भएर सोमबार मृत्यु भएका तीनै जनाको रिपोर्ट नेगेटिभ

वीर अस्पताल र पाटन अस्पतालमा सोमवार मृत्यु भएका ३ जना बिरामीकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सरकारले जनाएको छ ।

सोमबार काठमाडौँमा कोरोना आशंका गरीएका तीन जनाको एकै दिन ज्यान गएको थियो मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी रिपोर्ट नेगेटिभ आएको जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

पाटन अस्पताल र वीर अस्पतालमा ज्वरो आएर उपचारका लागि ल्याएका बिरामीको मृत्यु भएपछि मन्त्रालयले यो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अस्पतालमा ज्वरोका बिरामी आउनेबितिक्कै डराएर उपचार नगर्ने प्रवृति दोहोरिएको भन्दै यस्तो क्रियाकलाप नगर्न समेत गराउदै “ज्वरो आएकै कारण अस्पतालमा आएका बिरामीको अवस्था थप जटिल हुने र मृत्यु हुने सक्ने देखिएको छ”, उनले भने, “अब यस्तो विषय दोहोरिने छैन।”

तर उनले पाटन र वीर अस्पतालमा मृत्यु भएका बिरामीको के कारणले मृत्यु भएको हो भन्ने चाही प्रष्ट पारेनन्।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend