आइतबार, कार्तिक ३० २०८२

आइतबार, कार्तिक ३० २०८२

कोरोनासम्बन्धी सरकारी कोषमा पूर्वराजाले गरे दुई करोड सहयोग

कोरोनासम्बन्धी सरकारी कोषमा पूर्वराजाले गरे दुई करोड सहयोग

१८ चैत, काठमाडौं । सरकारले सुरु गरेको कोरोना सम्बन्धी कोरोनासम्बन्धी सरकारी कोषमा पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड सहयोग गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले बुहारी हिमानी संरक्षक रहेको हिमानी कोषमार्फत दुई करोड रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषलाई हुन् । मंगलबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले दुःख, कष्ट र आपतविपतको यो घडीमा सबैको साथमा आफूले पनि साथ दिएको उल्लेखसमेत गरेका छन् ।

देशलाई लकडाउन गर्ने सरकारी निर्णयको उनले स्वागत गर्दै सबैले पालना गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘यो अवस्थामा यो अवस्थाबाट मुक्त हुन लगाउने बाध्यतमक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने पनि बुझ्नु जरुरी छ ।’

‘विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगाे मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौँ, देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुऱ्याउनुपर्ने अनिवार्य भइसकेको छ ।’

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend