
सशस्त्र प्रहरी बल, दीपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ।
गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिएका हुन्। बच्चा पाउन नसकेपछि विकलाई दीपायलको राजपुरस्थित सुजङ अस्पताल ल्याइएको थियो।
अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाई खबर गर्दा गणपति बुढामगरले मंगलबार रगत दिएपछि विकको ज्यान बचेको सुजङ अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए। उनका अनुसार गणपति बुढामगरले एक प्रिन्ट ‘बी पोजेटिभ’ रगत प्रदान गरेका थिए।
जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीकामा धाउने गरेका छन्। रासस
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend