शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

मालबाहक ट्रकमा यात्रु ओसार्ने चालकलाई कारबाही गर्दै प्रहरी

मालबाहक ट्रकमा यात्रु ओसार्ने चालकलाई कारबाही गर्दै प्रहरी

बिकास रौनियार धादिङ -ईलाका प्रहरी कार्यालय गजुरीले मालबाहक ट्रकमा यात्रु ओसार्नेलाई धमाधम कारबाही थालेको छ।
बिहिबार गजुरीमा डीएसपी खगेंद्र बहादुर खड़का र  जिल्ला ट्राफ़िक प्रहरी कार्यालय गजुरीक़ो प्रहरी निरिक्षक नेत्र प्रसाद भट्टको नेतृत्वमा भएको चेकजाचमा मालवाहक ट्रकले  एक सय भन्दा बढी यात्रीहरूलाई  बोकेको पाइएपछि ट्रकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाईएको छ।
काठमाडौंबाट तराईतर्फ जाँदै गरेका ट्रकले धमाधाम यात्रु ओसार्न थालेपछि  प्रहरीले चेकजाचलाई कडा बनाएको डिएसपी खडकाले सुनौलो नेपाललाई बताए।
प्रहरीले  अतिआवश्यक सवारीलाई निर्वाद रुपमा चल्न दिएको छ तर अतिआवश्यकको फाइदा उठाउदै चर्को पैसा लिएर यात्रु ओसार्ने मालबाहक सवारीलाई भने कारबाही गर्ने उनले जानकारी दिए।
सरकारले गरेको लकडाउनका कारण सवारी पृथ्वी राजमार्गमा चल्ने सवारी साधन  ठप्प प्राय छन् । पैदल हिड्नसमेत कडाइ गरिएको छ। तर अतिआवश्यकलाई चल्न दिईएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend