आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

क्वारेन्टाइनमा बसेकाहरुकोको चेकजाचँ गर्न स्वास्थ्यकर्मीलाई लायन्स क्लब गजुरीले गर्यो पिपीइ हस्तान्तरण

क्वारेन्टाइनमा बसेकाहरुकोको चेकजाचँ गर्न स्वास्थ्यकर्मीलाई लायन्स क्लब गजुरीले गर्यो पिपीइ हस्तान्तरण

बिकास रौनियार २२ चैत धादिङ- गजुरी गाँउपालिकामा लायन्स क्लब अफ धादिङ (गजुरी) ले स्वास्थ्य कर्मीको लागी प्रसनल प्रोटेक्सन इक्युमेंट पिपीइ वितरण गरेको छ।

धादिङ्गको गजुरी गाँउपालिका अन्तरगत वडा नं १ मा रहेको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा बसेकाहरुको उपचार तथा चेकजाँच सहज होस् लायन्स क्लब अफ गजुरीले केहि थान पिपिइ , माक्स तथा फेस सिल्ड उपलब्ध गराएको जनाएको छ ।

उक्त सामाग्री लायन्स क्लब अफ धादिङ गजुरीका अध्यक्ष पदम श्रेष्ठ र सोहि क्लबका सदस्य संजय श्रेष्ठले गजुरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर खगेंद्र श्रेष्ठ लाई हस्तान्तरण गरेका थिए।

त्यसैगरी ईलाका प्रहरी कार्यालय गजुरीलाई पनि लायन्स क्लब अफ धादिङ गजुरीले ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी खगेंद्र बहादुर खड़का लाई सुरक्षाको लागि केही पिपीइ हस्तान्तरण गरिएको थियो |

फोटोमा हेर्नुहोस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend