मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नेपाल लाइफ इन्स्युरेन्सद्धारा कोरोना कोषको लागी एक करोडको चेक सरकारलाई हस्तान्तरण

नेपाल लाइफ इन्स्युरेन्सद्धारा कोरोना कोषको लागी एक करोडको चेक सरकारलाई हस्तान्तरण


२४, चैत, सुनौलो नेपाल – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको राहत कोषको लागी एक करोडको चेक हस्तान्तरण गरेको छ।

सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसार ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले हस्तान्तरण गर्नुभएको थियो ।

सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गर्न उहाहरु पुग्नुभएको थियो।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको भन्दै यस सहयोगसँगै हामी सरकार र आम नागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति गोविन्द लाल संघईले बताउनु भयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend