शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

राष्ट्रिय परीक्षा बोर्डले गर्यो कक्षा ११ र १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले गर्यो कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले  अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को हुने भनिएको परिक्षा ‘कोरोना भाइरसका कारण देश नै लकडाउन रहेको अवस्थामा बोर्डले ‘अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको   र सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।’

कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । त्यस्तै चैत्र ५ गते देखि हुने भनिएको एसईई परिक्षा यस अघि नै स्थगीत भएको छ।  ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ति सबै परिक्षा अहिले स्थगीत भएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend