
बिकास रौनियार २६ चैत, धादिङ – सरकारले लक डाउन गरेपछि यतिबेला देशभर यातायात ठप्प छ अझ गाउँमा समस्या अझै बढी छ इमर्जेन्सी बिरामी हुँदा एम्बुलेन्स समेत पाउन कठिन अवस्था छ ।
मंगलबार एउटा त्यस्तै आपत आइलाग्यो धादिङको एउटा गाउँमा घाँस काट्न गएकी १२ बर्षिय बालिका भीरबाट लडेर घाइते भइन तत्काल उद्धार गर्नुपर्ने भयो तर तत्काल एम्बुलेन्स उपलब्ध भएन त्यसपछि गाउँपालिका अध्यक्ष आफै गाडी लिएर घटनास्थल पुगे ।
भीरबाट लडेर घाइते भएकी १२ बर्षकी चञ्चली तामाङलाई गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले घटना स्थलबाटै उद्धार गरेका थिए ।
धादिङ जिल्लाको गजुरी वडा नं. ७ भष्मेखर्क स्थानीय निवासी सुकुमान दाेङ तामाङकि छोरी चन्चलीको अहिले स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend