
२६ चैत, काठमाडौं । नोवेल कोभिड–१९ का कारण युएईमा समस्यामा परेका नेपालीहरुलाई नेपाल जाने वातावरण मिलाईदिन युएईमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएन) ले आग्रह गरेको छ। संघका महासचिव नरेश सेनले युएईमा रहेको नेपाली दुतावासलाई निबेदन लेख्दै भनेका छन् यो विषम परिस्थितीमा नेपाली राजदूतावासले यूएईबाट नेपाल जान चाहने नेपालीहरुका लागी आवश्यक वातावरण मिलाओस हामी दुतावास मार्फत नेपाल सरकारको समेत ध्यान आकर्षण गराउन चाहन्छौ। कोरोनाका कारण युएईमा धेरै नेपालीहरुले आफ्नो काम गुमाउनु परेको, भिजिटमा रहनु हुने नेपालीहरुलाई खान बस्न समस्या परेको, हाल काम गरिरहेका कामदारहरुको कम्पनीले तलव घटाएको लगाएतका समस्याका कारण यतिबेला युएईमा धेरै नेपाली अलपत्र अवस्थामा रहेको जानकारी संघले दुताबासलाई गराएको छ। नेपाली राजदूतावासले पुर्याएको योगदान र उत्तरदायित्वको उच्च कदर गर्दै आवश्यक परेको खण्डमा नेपाल जान चाहने नेपालीहरुको डाटा संकलन एवं परामर्शमा समेत हामीले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त एनआरएन युएईले गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend