logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    राजकीय भ्रमणका लागि कतारका अमिर नेपाल आउँदै

    राजकीय भ्रमणका लागि कतारका अमिर नेपाल आउँदै

    1.1K
    Shares
    राजकीय भ्रमणका लागि कतारका अमिर नेपाल आउँदै

    काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् ।

    उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आउने भएका हुन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानएको छ ।

    यसैगरी राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्ने तयारी रहेको छ । कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

    भेटवार्तामा दुवै नेताहरुले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुुनेछ । कतारका अमिर थानी सोही दिन काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend