
२६ चैत, चितवन । लकडाउन समयको सदुपयोग गर्दै भरतपुर १२, चितवनमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले एस. इ. इ विद्यार्थीहरुको लागि अनलाइन कक्षा संचालन गरेको छ ।
निः शुल्क अनलाइन कक्षामा सहभागी हुनका लागि जुम एप डाउनलोड गरेर हरेक दिन अपरान्ह २:०० बजे जोडिन सकिने र भिडियो कलबाटै दोहोरो छलफल गरी कक्षा लिन सकिने प्राचार्य इन्दिरा कार्कीको भनाइ छ ।अनलाइन कक्षामा धेरै परिक्षार्थीहरूले सहभागी जनाएको र सहभागिता बढ्दो क्रममा रहेकोले लाइभ जोडिन असमर्थ भएकाहरूको सुविधालाई ध्यानमा राखी छलफललाई रेकर्ड गरी युट्युबमा पनि राखिने कुरा सह प्राचार्य उपेन्द्र आचार्यले जनाउनुभयो ।
यो अनलाइन तयारी कक्षाबाट आफुहरू लाभान्वित भएको विद्यार्थीहरुले बताएका छन् । कोरोना भाइरसको महामारी सुरु हुन अघि त्यति धेरै चर्चा र प्रयोगमा नरहेको जूम आज घरमा बसेर कार्यालय सञ्चालनको सबैभन्दा उपयोगी टूल सावित भएको छ । प्रयोग गर्न सहज रहेको यो एपमार्फत प्रयोगकर्ताले चाहेअनुसार मिटिङ राख्न सक्छन् ।
निःशूल्क र सःशूल्क दुबै भर्सनमा उपलब्ध यो एप अघिल्लो वर्ष अप्रिलमा मात्रै सार्वजनिक भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend