logo

२०८१ मंसिर २२ शनिबार

logo
  • शनिबार, २२ मंसिर २०८१
  • सिंहदरबारको दक्षिण गेटमा आन्दोलन गर्ने १६ जना पक्राउ

    सिंहदरबारको दक्षिण गेटमा आन्दोलन गर्ने १६ जना पक्राउ

    938
    Shares
    सिंहदरबारको दक्षिण गेटमा आन्दोलन गर्ने १६ जना पक्राउ

    काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा आन्दोलन गर्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन र क्रान्तिकारी युवा संगठनका १६ जना पक्राउ परेका छन् ।

    सिंहदरबार स्थित निषेधित क्षेत्रमा बिरोध प्रर्दशन गरेका कारण उनीहरुलाई आज आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने, “सिंहदरबारको निषेधित क्षेत्रमा आन्दोलन गरेका कारण उनीहरुलाई पक्राउ गरिएको हो, पक्राउ पर्नेहरुमा तीन जना महिला तथा १३ जना पुरुष रहेका र उनीहरुलाई सिंहदरबार प्रहरी बृतमा राखिएको छ ।”

    पक्राउ पर्नेहरुमा कमला परियार, सुदिप सुर्खेती, अविनाश कुँवर, लोकेन्द्र थापा, गीता बुढा, जगत वली, जय रावल, आयुष घिमिरे, गोकर्ण जोशी, लक्ष्मी पाण्डे, निशान कटुवाल, मिलन, भुषण बिश्वकर्मा, दिनेस नेपाली, बिरेन्द्र शाह तथा हरिकृष्ण गजुरेल रहेका छन् ।

    उनीहरुले २०४७ सालदेखि यता राज्यको विशिष्ट पदमा रहेकाहरुको सम्पति छानविन गर । नागारिक स्तरीय अधिकार सम्पन्न छानविन आयोग गठन गर भन्ने जस्ता नारा लगाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend