बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

नि:शुल्क भोजन स्थलका भाडाकुडाहरु प्रहरीको नियन्त्रणमा

नि:शुल्क भोजन स्थलका भाडाकुडाहरु प्रहरीको नियन्त्रणमा

२७ चैत, बिकास रौनियार- धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले लकडाउनको मारमा परेका मजदुरलाई नीलकण्ठ स्कुलमा संचालन गरेको सामुहिक मेस प्रहरीले रोकेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काका अनुसार लकडाउन उल्लङ्घन हुने गरि सामुहिक मेस संचालन गरेको पाईएकाले मेस संचालन नगर्न आग्रह गर्दै मेसमा रहेका भाँडाहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

सर्वत्र विवादित र लकडाउनको मर्म विपरित निलकण्ठ नगरपालिकाले सामुहिक मेस चलाएको आवाजहरु सार्वजनिक भएको थियो ।

नीलकण्ठ नगरपालिकाको उक्त सामुहिक मेस संचालनका लागि धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्बर अफ कमर्स, टोल सुधार महासमिति, जिल्ला होटल संघ र धादिङ सोसियल भोलेन्टियर्सको समेत सहयोग रहेको थियो ।

नगरपालिकाले सबै वाडमा सामुहिक मेस संचालन गर्ने निर्णय भएपनि वडा नं. ३ बाहेकले भने मेस संचालनमा ल्याएका थिएनन् ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend