शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

लकडाउन उलंघन गरेर जुवा खेल्ने छ जना जुवाडे पक्राउ

लकडाउन उलंघन गरेर जुवा खेल्ने छ जना जुवाडे पक्राउ

बिकास रौनियार धादिङ- जिल्लाको सदरमुकाम धादिङबेशीमा एक होटेलबाट ६ जुवाडे पक्राउ परेका छन् ।

बिहिबार धादिङ प्रहरीले धादिङबेसी स्थित पुछारबजार नजिकै रहेको एक होटलबाट ६ जना जुहाडेलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार उक्त होटलमा लकडाउनको समयमा जम्मा भएर जुवाको खेल भईरहेको भन्ने विशेष सूचनाको आधारमा जुवातास खेलिरहेकै अवस्थामा ६ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले जुवामा पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन् । खेल्ने र खेलाउने विरुद्ध कारबाही प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

धादिङमा जुवातास खेल्नेलाई मात्र हैन,लकडाउन उल्लङ्गन लगायत अन्य अपराध जन्य क्रियाकलापमा संलग्न हुने जोकोहीलाई पनि कडाईका साथ कारवाही गरिने धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताउनुभयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend