शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

नेपाल प्रहरीका यी १० जना एसएसपीहरु डीआईजीमा बढुवा

नेपाल प्रहरीका यी १० जना एसएसपीहरु डीआईजीमा बढुवा

काठमाडौं– नेपाल प्रहरीको बढुवा समितिले नेपाल प्रहरीका १० जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रबार साँझ १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा घनश्याम अर्याल परेका छन् । त्यसपछि क्रमशः प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसी छन् ।

डीआईजीको संख्यामा प्रधानमन्त्री र गृहमन्त्रीबीच एक मत नहुँदा केही समय बढुवा रोकिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend