बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, २९ चैत–कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख २ हजार ६ सय ८९पुगेको छ । यो समाचार तयारपार्दा आज बिहान ७ बजेसम्म विश्वभर मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय ८९ पुगेको हो ।

इटलीमा सबैभन्दा धेरै १८,८४९ जना संक्रमितले ज्यान गुमाएका छन्‌। अहिलेसम्म अमेरिकामा १८,५००ले ज्यान गुमाएका छन्‌। कोरोनाले अमेरिकामा एकैदिन दुइहजारको ज्यान गएको छ । कोरोनाकै कारण विश्वभर १ लाखभन्दा बढि स्वास्थ्यकर्मीपनि प्रभावित भएको अनुमान छ ।

नेपालमा हालसम्म नौ जना संक्रमित भेटिएका छन्‌। उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend