
बिन्दु अधिकारी ढकाल- (कविता)
“भाइरस भन्दा खतरा”
भागदौड जीवन
आजदेखिको हैन नियती
अनवरत सिलसिला
सपनाहरु त,
त्यतिबेलापनि ओर्लिने क्रम हुन्थ्यो नै ।
धमिलो मुहान देखिनु
मैलोधैलो पानी भरिएको घैला
घप्ल्याक्क गाग्री घोप्टीनु
दिवालहरु चर्किनु
भरीग्लास खोइकता गुल्टीनु
खुल्ला चौघन्तआकास मेटिनु
कति नराम्रो सपना !
झर्दा,
झर्दा ओरालोपनि हिडेर कहिल्यै
कहिल्यै नसक्नु
टुङगामा पुग्न खुड्किलामुनी
जतिबेला पनि तल
तल मात्रै ओर्लिनु
कतिखेर चाहिँ उँभो फर्किनु ?
माथि भन्ज्यान तिर उक्लिनु ?।
सपनासँग डराएको मन
वसुधा पनि हराएझैं तन
सुन्न चाहदैन रेडियोको मंगल धुन
त्यही कारण
अशुभ झैं भएकोछ दिन ।
हररात सपनीमा मासुभात खुवाउने
अपरिचित अनुहारहरु को हुन् ती ?
नयाँनयाँ पहिरन फेराउने
वरवधुलाई झैं माला पहिर्याउने
कट्कटे नयाँनोट
कुनै तुफान कि आँधीबेहरी
लक्षण के चाहिँ हुन सक्ला ?
घोप्टीनु जस्तै पोखिनु
खोलिनु जस्तै च्याँतिनु
उध्रिनु जस्तै मुन्टीनु÷गुल्टीनु
उद्यौलीसंकेत दायाँवायाँ दुवैआँखा फरफर
मनमुटु हल्लीएको छ
उही÷त्यही कारण आजभोली
गोधूलीपनि खोइकता हराएको छ ।
आशाको त्यान्द्रो
वेप्रवाह लगाम सायद
कोरोना भाइरस कोभिड–१९
नासिदैछ सबथोक साराचीज !
भय र त्रासको भ्रमित वातावरण
त्योभन्दा पहिला सकारात्मक सोचौं
चिन्तन मनन मथिङगल हँसाऊ
योग प्राणायम ध्यान मेडिटेसन
नमस्कार कोभिड ! कोटी कोटी प्रणाम !
भाइरसभन्दा खतरा अर्कोकुरा–
आधिकारीक समाचार सूचना बाहेक
अपवाह र हल्ला,
त्यतापट्टीको पछी नलागौं कृपया ।।
ठेगानाः धनकुटा, हाल काठमाडौं
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend