मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सशस्त्र प्रहरीका डीआईजीको निर्देशन भारतबाट एक जना पनि नेपाल छिर्न नदिनु (भिडियो सहित)

सशस्त्र प्रहरीका डीआईजीको निर्देशन भारतबाट एक जना पनि नेपाल छिर्न नदिनु (भिडियो सहित)

३० चैत,चितवन : भारतमा कोरोना सक्रमितको संख्या ह्वात्तै बढेपछि सशस्त्र प्रहरी बल गढीमाई बाहिनीपति (डिआईजी) कृष्ण भक्त ब्रम्हचार्यले भारतबाट कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन निर्देशन दिनुभएको छ।

केहि दिन अगाडीसम्म भारतबाट हिडेर नेपाल प्रवेश गरेको सुचनाको आधारमा वागमती प्रदेश अन्र्तगत भारतको सिमा नाका पर्ने माडी नगरपालिकाका अन्र्तगत पर्ने सोमेश्वर गढी ४५ नम्बर पिलरसम्म पुग्नुभएका उँहाले शसस्त्र प्रहरी १७ नम्बर गण चितवनका गणपति एसपी खेेेम थापालाई सुरक्षा व्यवस्था कडा पार्न र अनुचित प्रवेशलाई तुरुन्त रोक्न निर्देशन दिनुभएको हो।

सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय मकवानपुर अन्तरगतको कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले प्रदेश अन्र्तगत पर्ने सबै सीमा नाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाएको समेत लगाइएको र देश भर लकडाउनको अवस्थामा भारतबाट प्रवेश गर्नेमा उच्च जोखिम देखिएको भन्दै सीमामा थप सुरक्षा फौज तैनाथ गरी कडाई गरीने समेत उँहाको भनाई छ।

अहिले कोरोनाको त्रास बढी छ, त्यसमा पनि भारतमा बढ्दै छ, उहाँले भन्नुभयो, यो अवस्थामा हामी कमाण्डर समेत आफै फिल्डमा खटिएपछि हाम्रा सहकर्मीलाई थप हौसला मिल्नेछ र आफै खटिएर लक गर्नुपर्ने अहिलेको आवश्यकता पनि हो गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले भन्नुभयो लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो ।

केहि दिन अगाडी मात्र भारतदेखि सोमेश्वर क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गरेका ३ जनालाई पक्राउ गरि माडी नगरपालिकाको सहकार्यमा क्वारेन्टाइनमा राखीएको छ।

हेर्नुहोस भिडियो सहित

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend