मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

बैसाख १ गते ८ बजे राष्ट्रिय गान गाउन सबैलाई प्रधानमन्त्रीको आग्रह

बैसाख १ गते ८ बजे राष्ट्रिय गान गाउन सबैलाई प्रधानमन्त्रीको आग्रह

सुनौलो नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन बैसाख १ गते राष्ट्रिय गान गाउन आग्रह गर्नुभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले मनपरेको भन्दै सबैलाई आ-आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार बिहान आठ बजे राष्ट्रिय गान गाउन अनुरोध गर्नुभएको हो ।

ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको हो।

आज प्रधानमन्त्री ओलीले समेत ट्वीट गर्दै सबै यस कार्यक्रममा सामेल हुन आग्रह ग गर्नुभएको हो ।’ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु,’ उहाले भन्नुभएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend