
१ वैशाख, काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना
संक्रमण पुष्टि भएको हो ।
रौतहटका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ। ‘खुला सीमाना भएकाले उनी चैत १६ गते नेपाल आएका थिए। घर आउनासाथ गाउँलेहरूले क्वारेन्टाइनमा राखेका थिए।
आजै कैलालीको लम्कीचुहा नगरपालिकामा वीरगन्जबाट गएकी एक जना ६५ वर्षीया महिलामा कोरोना भाइरस पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ। तीमध्ये १३ जनाको उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend