शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्न्ने बारे निर्णय हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्न्ने बारे निर्णय हुने

काठमाडौं । लकडाउनको समय थप्ने बारे निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी मात्र नभएर अन्य आवश्यक र नियमित प्रस्तावमाथि पनि छलफल गर्नेछ । सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बैसाख ३ गते अर्थात भोली सकिँदैछ ।

मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।

सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend