
३ वैशाख, काठमाडौँ । वरिष्ठ हाड जोर्नी तथा नसा रोग बिशेषज्ञ प्रा डा कृष्ण प्रसाद पौडेल सरकारले नै सुबिधासम्पन्न प्राइभेट हस्पिटल र मेडिकल कलेजलाई कोरोनाका बिरामीबाट जोगाउन खोजेको आरोप लगाएका छन्।
मन्त्रालयले सोमबार निकालेको परिपत्रमा पहिलो दोश्रो र तेस्रो दर्जाको गरेर अस्पतालको बर्गीकरण गरेको छ त्यो बिबादास्पद छ। प्रदेश नम्बर ३ कै कुरा गर्दा नि सुबिधासम्पन्न ग्राण्डी मेडीसिटि जस्ता अस्पताललाई पनि यो महामारीमा रिफरल अस्पतालको रुपमा पनि नराखिनु दुखद भएको उनले बताए।
भरतपुर् अस्पताल चितवनका पूर्व मेडिकल सुपरीटेण्डेन्ट समेत रहेका प्रा डा पौडेलले भने चितवनकै कुरा गर्ने हो भने पनि भरतपुर अस्पतालपछि एकैचोटी काठमाडौँको टिचिङ्ग अस्पताल राखिएको छ जबकि चितवनमै प्रयाप्त भेण्टीलेटर आइसीयु र जनशक्ति भएका दुईवटा मेडिकल कलेज छन् किन तिनलाई उपयोग गर्न खोजीएन उनको प्रश्न छ ।
महामारीमा सरकारीबाहेक अरुको दायित्व हुन् भन्ने हुदैन सबैको जिम्मेवारी हुनुपर्छ र सरकारले पनि त्यसलाई उपयोग गर्नुपर्छ त्यो सच्चाउन पर्छ।
हेर्नुहोस थप कुराकानी भिडियो सहित
हेर्नुहोस थप कुराकानी भिडियो पार्ट – २
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend