बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठद्धारा भित्तेपात्रो विमोचन

वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठद्धारा भित्तेपात्रो विमोचन

६ वैशाख, भरतपुर। चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले हरेक नयांँबर्षमा भित्ते पात्रो प्रकाशन गरेसँगै नयाँ बर्ष २०७७ को भित्तेपात्रोको पनि विमोचन गरेको छ । शनिबार भरतपुरमा एक कार्यक्रमकावीच पत्रिकाले भित्तेपात्रो बिमोचन गरेको हो ।

सो भित्तेपात्रो वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले गर्नु भएको थियो । विमोचनपछि बोल्दै श्रेष्ठले यस्तो बिषम परिस्थितिमा पनि पत्रिकाले भित्ते पात्रो प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहांँले विगतदेखिनै स्थानीय स्तरमा पाठकको मन जित्न सफल यस पत्रिकाको सफलताको कामना गर्नुभयो । सो क्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की लक्कीले लकडाउनको कारण नयाँबर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसकेपनि पत्रिकाले आम पाठक , विज्ञापनदाता , शुभचिन्तकको लागि दायित्व निर्वाह गरेको बताउनु भयो ।

आगामी बर्षमा समेत आफ्ना नियमित प्रकाशनलाई निरन्तरता दिने बताउंँदै कार्कीले सधै आफ्ना पाठक, विज्ञापनदातार शुभचिन्तक को साथ सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा भित्तेपात्रो बिमोचनसंगै नयाँ बर्ष २०७७ सालको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

पत्रिकाका महाप्रबन्धक हरि कार्की लक्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जे.पी.)ले सन्चालन गर्नुभएको हो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend