
सुनौलो नेपाल – धौलागीरी अञ्चल अस्पताल बाग्लुङ्गमा उपचाररत कोरोना संक्रमित ६५ बर्षकि मनकुमारी सापकोटा पनि स्वास्थय लाभ गरी डिस्चार्ज हुनुभएको छ ।
छैटौ कोरोना सक्रमितको रुपमा अस्पताल भर्ना हुनुभएकी उँहाको पछिल्लो तीन पटकको रिपोर्ट लगातार नेगेटिभ आएपछि उँहालाई डिस्चार्ज गरेको अस्पताल स्रोतले जनाएको छ।
आजै कोरोना भाइरस (कोभिड १९) का संक्रमित दोश्रो संक्रमित युवती प्रसिद्धि श्रेष्ठ अस्पताल बाट डिस्चार्ज भएकी थिईन ।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो ।
उनीहरु एउटै जहाजमा नेपाल आएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend