
सुनौलो नेपाल – नेपालमा सातौँ संक्रमितको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि कैलालीका युवालाई अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको छ।
लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक१६ दिनदेखी सेती प्रादेशिक अस्पतालमा उपचाररत थिए । स्वास्थमा सुधार भएपछि रिपोर्ट चेक गर्दा लगातार नेगेटिभ आएपछि डिस्चार्जको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमित भएर निको भएकाहरुको संख्या चार पुगेको छ। शनिवार मात्र काठमाडौँमा दोश्रो सक्रमित र बाग्लुङ्गमा अर्को सक्रमित बृद्धको डिस्चार्ज गरीएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend