शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

लकडाउनको बेला धादिङमा दुर्घटना हुँदा १ जना को मृत्यु, ७ जना घाईते

लकडाउनको बेला धादिङमा दुर्घटना हुँदा १ जना को मृत्यु, ७ जना घाईते

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको आरन भञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आज मलेखुबाट बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बोलेरो जीप आरन भञ्ज्याङमा दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ७ जना घाईते भएका हुन ।

मलेखुमा तरकारी बेच्न आएका किसानहरुलाई लिएर खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको उक्त बोलेरो जीप आज करिव दिउँसो पौन ४ बजे सडकबाट अन्दाजी ७ सय मिटर तल खस्दा दुर्घटना भएको स्थानीयले जानकारी दिए।

अहिले दुर्घटना स्थलमा एम्बुलेन्स र प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend