मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कीर्तिपुरमा बसोबास गर्ने बिद्यार्थीलाई समाजसेवी थापाले गरे राहत वितरण

कीर्तिपुरमा बसोबास गर्ने बिद्यार्थीलाई समाजसेवी थापाले गरे राहत वितरण

सुनौलो नेपाल – काठमाडौँको किर्तिपुरमा बसोबास गर्ने बिद्यार्थीलाई राहत वितरण गरीएको छ।

बन्दाबन्दीले घरमा जान नपाई काठमाडौँमै बसी दैनिक छाक टार्न समस्यामा परेका बिद्यार्थीहरुलाई लक्षित गर्दै बिभिन्न चोक चोकमा पुगेर समाजसेवी राम थापाले राहत वितरण गरेका हुन्।

राहत स्वरुप पहिलो चरणमा चार सय पचास किलो चामल ,चार बोरा दाल र दुई बोरा नुन वितरण गरीएको र बन्दाबन्दीको अवस्था थपिएमा फेरी सहयोग गर्ने उनले बताएका छन्।

राहत वितरण गर्ने समाजसेवी राम थापा संयुक्त यातायात प्रा लिका अध्यक्ष समेत हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend