शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

लकडाउनले न औषधी पठाउन सक्छू, न बिरामी मेरी आमालाई बोलाउन उफ! कस्तो दिन आयो

लकडाउनले न औषधी पठाउन सक्छू, न बिरामी मेरी आमालाई बोलाउन उफ! कस्तो दिन आयो

कोरोनाभाइरसको संक्रमण फैलन नदिन नेपालमा लकडाउन सुरु भएको एक महिना पुग्न लाग्यो । कम्तीमा पनि अझै अर्को एकसाता लकडाउनमै बस्नुपर्नै अवस्था छ।भारतमा कोरोना संक्रमितहरुको सङ्ख्यामा वृद्धि भइरहेको र नेपालमा पनि संक्रमितहरुको सङ्ख्यामा वृद्धि भइरहेको अवस्थामा लकडाउन अझै लम्बाउनुपर्ने प्रस्तावहरु पनि आइरहेका छन् ।

लकडाउनले मुख्यत दैनिक ज्याला मजदुरी गर्ने र मजदुर वर्गलाई सबैभन्दा बढी समस्यामा पारेको छ ।एक महिनाभन्दा लामो समय लकडाउन हुँदा कतिपय मानिसहरु भोकै हुनुपर्ने अवस्था पनि आउनसक्छ । हुने र सक्नेहरुले तीन महिनालाई पुग्ने खाद्यान्न थुपारेका हुनसक्छन्, तर नसक्ने वर्गको अवस्था भने दैनिकरुपमा दयनीय बन्दै गइरहेको छ। गाँउघर तिर सामान्य रुघाखोकी ज्वारो आउदा कोरोनाको त्रासले राम्रो उपचार भैराखेको पाइदैन।

धादिङ जिल्लाको गंगाजमुनागाउँपालिका वडा नं ३ मा मेरो घर पर्छ । यो गाउँपालिका हाम्रो तत्कालीन गुमदी गा वि स सहित ५ वटा गा वि स मिलेर बनेको हो ।

गाउँपालिका बन्यो ,’गाउँगाउँमा सिंहदरबार”को नारा घन्कियो तर यी ३ वर्षमा पनि पहिले भएको गाविसका ९ वटा वडालाई स्वास्थ्यसेवा दिने त्यही एउटा स्वास्थ्य चौकी बाहेक अरु नयाँ स्वास्थ्यसंस्था बनेनन न त तिनको स्तरोन्नति नै भयो।

पहिलेजस्तै अहिले पनि त्यो स्वास्थ्यचौकीमा एकजना हेल्थ असिस्टेण्ट, २ जना अहेब र २ जना अनमि मात्र छन्।न त पहिले जस्तै पाइने सिटमोल ,जिबनजल , ल्वाँगको तेल र चोटपटक लाग्दा बेटाडिनबाहेक अरु केही नयाँ औषधी नै पाई्न्छ ।आज मेरो आमालाई असाध्य पेट दुख्यो भनेर मेरो बहिनी स्वास्थ्यचौकी गइन तर त्यहाँ कुनै पनि औषधी पाइएन । न वरिपरि अरु निजी स्वास्थ्यसंस्था नै छन ।

म यतिखेर काठमाडौंमा छू तर लकडाउनले न म औषधी पठाउन सक्छू , न आमालाई यहाँ बोलाउन । आखिर यो पीडा मजस्तै नेपालीहरुले कहिलेसम्म भोग्नूपर्ने थाहा छैन।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ।

लकडाउनअवधिमा समग्र अपराधका घटनामा ९० प्रतिशत कमि आए पनि महिला र बालबालिका आफ्नै घर आसपासमै असुरक्षित हुन थालेका छन्। लकडाउन भए देखि एक बैसाखसम्म २१दिनमा ८६ वटा बलात्कार र७२ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।

आज मात्रै प्रधानमन्त्रीले असी करोड राहत बितरण गरेको बँताए। ‘तर दैनिक ज्यालादारी गरेर एक छाक खाने श्रमिक अझै पनि एक छाक भातको लागि सडकमा भौतारी रहेका छन्।जनतालाई घरमा थुनेर आफुँहरु चाहिँ राजनीतिक खिचातानीमा लाग्नु राम्रो हैन।यो बेला भनेको कोरोनासँग एक जुट भएर सामना गर्ने बेला हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend