शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैशाख १७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार बैठक १७ गते बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेसले आजै (बुधबार) अन्य विपक्षी दलहरुसँग सरकारले ल्याएका दुई अध्यादेशबारे छलफल गरेको थियो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशतातर्फ अग्रसर भएको निष्कर्ष निकालिएको थियो। बैठकले सरकारलाई दुवै अध्यादेश फिर्ता लिइ तत्काल संसद् बैठक बोलाउन माग गरेको थियो।

यसकै सन्दर्भमा दलले कार्यसमितिको बैठक बोलाएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट