
काठमाडौं । नेपाल प्रहरीका २४ नायब उपरीक्षक (डीएसपी)को उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बुधबार राति बसेको बैठकले २४ जना डीएसपीको एसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयले डीएसपीहरूको एसपीमा बढुवा गरिएको जनाएको छ ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट बढुवा हुनेमा होविन्द्र बोगटी, प्रभु ढकाल, शान्तिराज कोइराला,बेद विष्ट, राकेश सिंह, सन्तोषकुमार भट्टराई, दयानिधि ज्ञवाली, राजीव वस्नेत, संजयसिंह थापा, बामदेव गौतम, महेन्द्र थापा, सन्तोषसिंह राठौर, राजेन्द्र धमला लगायत छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend