
काठमाडौँ : नेपालको पाँचौ तथा जिल्लाको पहिलो कोरोना संक्रमित १९ वर्षीया युवती अंशु सापकोटाले कोरोनालाई जितेकी छन् । शुक्रबार भएको परीक्षणको छैठौँ रिपोर्ट पनि नेगेटिभ आएपछि उनले कोरोना जितेकी हुन्।
बागलुङ नगरपालिका ४ कुँडुलेकी अंशुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए।
युवतीको अवस्था सामान्य भएको र यस अघिको चार स्वाब रिपोर्ट कोरोना संक्रमण भएको पोजिटिभ रिपोर्ट नै आएपछि उनलाई डिस्चार्ज गरीएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए।
उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन्। त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
गत साता मात्रै नेपालको छैटौं तथा जिल्लाको दोस्रो संक्रमित ६५ वर्षीया महिलाले कोरोना जितेकी थिइन्। बाग्लुङ्गमा भेटिएका दुईवटा संक्रमित मध्य दुई जना नै निको भएर घर फर्किसकेका छन्।
पछिल्लो समय कोरोना सक्रमित निको हुने क्रम बढेको छ। चैत ३ गते बेलायतबाट फर्केर वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएका दुईइ आमा छोरा मध्य छोराको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ नतिजा देखिएको छ ।
बिहीबार र शुक्रबार ती व्यक्तिको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएकोले उनलाई पनि अस्पतालले डिस्चार्जको तयारी गरेको भरतपुर हस्पिटल बिकास समितिका अध्यक्ष तथा बरिष्ठ फिजिसियन भोजराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए। आमाको भने पोजिटिभ आएको र फेरी आइतबार स्वाब परीक्षण गर्ने तयारी भएको उनले बताए।
अहिलेसम्म डिस्चार्ज भैसकेकको संख्या ११ पुगेको छ भने डिस्चार्ज हुने तयारीमा केहि बिरामीहरु छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend